शुभकामना र सम्मान तथा साथि भेटघाट कार्यक्रम
Advertisement
हाम्रो यस कार्यक्रममा हामी सबैभन्दा पहिले हाम्रा विद्यार्थी भाइबहिनीहरूको कुरा सुन्नेछौँ। उनीहरूको मनमा के छ, उनीहरूका सपना के छन्, उनीहरू के सोचिरहेका छन् र भविष्यप्रति उनीहरूको दृष्टिकोण के छ भन्ने कुरा उनीहरूकै मुखबाट सुन्नेछौँ।
त्यसैगरी, हाम्रा केही आदरणीय पूर्वविद्यार्थी (Alumni) तथा शिक्षा क्षेत्रमा योगदान पुर्याइरहनुभएका व्यक्तित्वहरूको अनुभव र विचार पनि सुन्नेछौँ।
हामीसँग अमेरिकाबाट Peach Foundation की अध्यक्ष रुथ जेङ (Ruth Jeng) पनि आउँदै हुनुहुन्छ। उहाँले विगत करिब १७ वर्षदेखि शिक्षाको क्षेत्रमा गर्दै आउनुभएको यात्राबारे, नेपालप्रतिको उहाँको माया र नेपाली विद्यार्थीहरूको शिक्षाका लागि उहाँले देख्नुभएको सपना तथा गर्नुभएको योगदानबारे आफ्ना अनुभवहरू सुनाउनुहुनेछ।
यसका साथै, हाम्रा विद्यार्थी भाइबहिनीहरूले तयार पारेका विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि हेर्नेछौँ। गीत, नृत्य, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुतिमार्फत उनीहरूको प्रतिभा र क्षमता अनुभव गर्नेछौँ।
हामी सबैले एकअर्कासँग दीपावलीको शुभकामना आदानप्रदान गर्नेछौँ। सँगै बसेर खाजा खानेछौँ, रमाइलो गर्नेछौँ र पुराना सम्झनाहरूलाई ताजा बनाउँदै नयाँ सम्बन्धहरू पनि जोड्नेछौँ।
अनि एउटा विशेष कोसेली पनि छ है! त्यो के हो भन्ने कुरा चाहिँ कार्यक्रममा आएपछि मात्रै थाहा पाउनुहुनेछ।
त्यसैले यो केवल एउटा औपचारिक कार्यक्रम होइन, यो विद्यार्थीका सपना सुन्ने, पुराना पुस्ताका अनुभवबाट सिक्ने र नयाँ पुस्तालाई प्रेरित गर्ने हाम्रो साझा भेटघाट हो।
यहाँहरूको उपस्थितिको प्रतीक्षामा छौँ।
धन्यवाद!
Advertisement
Where is it happening?
Shree Saraswati secondary school Malahitol Chilmiliya , Shree Saraswati Higher Secondary School, Dharmsthal Marg, Kathmandu, Nepal
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherSaraswati Mavi Malahitol School Alumni Network



















![Call for Papers\/Panels: Chautari Annual Conference \u2013 2026 [deadline extended]](https://cdn-ip.allevents.in/s/rs:fill:500:250/g:sm/sh:100/aHR0cHM6Ly9jZG4tYXouYWxsZXZlbnRzLmluL2V2ZW50czUvYmFubmVycy9hMDgyOTczMjFjZmQyMzIzNWE2YWUyNTFkOWM3NDZkNmU3ODgxMmJlMDZiYTYzZDMzNjQ1ZDcwYjI2NGM5ZGMzLXJpbWctdzEyMDAtaDYyOC1kY2Q4ZDhmOC1nbWlyP3Y9MTc4ODMwMTQwNQ.avif)