तिहार बिदामा फुल बेच्दै शिक्षक बिद्यार्थी
Advertisement
अर्घाखाँचीमा तिहारको बिदामा पनि फूल बिक्रीमा व्यस्त शिक्षक र विद्यार्थी
अर्घाखाँची, कार्तिक २४ — तिहारको समयमा विद्यालयहरू सुनसान हुनुपर्ने हो, तर सन्धिखर्क नगरपालिका–८ पकलेस्थित जनताकृष्ण माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई भने अहिले फूल टिपेर बिक्री गर्ने भ्याइभ्याइ छ। विद्यालय नजिकैको दुई रोपनीभन्दा बढी क्षेत्रफलमा गरिएको फूलखेतीबाट उनीहरूले तिहारको बेला राम्रो आम्दानी लिइरहेका छन्।
विद्यालयमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञान विषय अध्ययन गर्ने ६० जना विद्यार्थीहरूले रोगाइदेखि गोडमेल, सिँचाइ, मलखादको व्यवस्था र रोगकिराबाट जोगाएर यो फूलखेती हुर्काएका हुन्। उनीहरूले किताबको ज्ञानसँगै प्रयोगात्मक सिकाइ हासिल गर्न र कृषि उद्यमबाट स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन यो खेती गरेका हुन्।
तिहारका लागि फूल किन्न सन्धिखर्कबाट व्यापारीसहित ग्राहकहरू स्कुलमै पुग्ने गरेका छन्। दिनभर शिक्षक र विद्यार्थीहरू फूल टिप्दै बिक्री गर्न व्यस्त हुन्छन्। सोमबार मात्रै आठ जना विद्यार्थी र पाँच जना शिक्षकले दिनभर फूल टिपेर बिक्री गरेका छन्। सयपत्री फूल प्रतकिलो ३०० रुपैयाँमा बिक्री भइरहेको छ भने अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी आम्दानी भइसकेको विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश भुसालले बताए।
विद्यालयका सहायकप्रअ भुसालले विद्यार्थीहरूले किताब मात्रै नभई कोदालो बोकेरै बारीमा प्रयोगात्मक काम गर्नुपर्ने र यसले कृषि उद्यमबाटै भविष्य उज्ज्वल छ भन्ने सन्देश दिने बताए। यहाँ फूलबाहेक मौसमी तथा बेमौसमी तरकारी, अन्नबाली र च्याउ उत्पादन गरेर समेत बिक्री गर्ने गरिएको छ। विद्यालयको होस्टेलमा बसेर पढ्ने हंशपुरकी रोजिता थापालगायतका विद्यार्थीहरूले पनि बारीमा रसिलो जोेड दिँदै कृषि खेतीमा सक्रियतापूर्वक सहभागिता जनाएका छन्।

Where is it happening?
Kathmandu, Nepal
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or Publisherशिक्षा चौतारी