नेपाल फेस्टिवल २०२५, दुवई, यूएई
Schedule
Sun, 20 Apr, 2025 at 10:00 pm
UTC+04:00Location
Creek Park Dubai | Dubai, DU
Advertisement
“नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव”नेपाल फेस्टिवल २०२५, दुवई, यूएई
नेपाली कला, संस्कृति, खेलकुद, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव मनाउने अभिप्रायले नेपाल फेस्टिवल यहि मिति २० अप्रिल २०२५ का दिन क्रिक पार्क दुबईमा नेपाली राजदूतावास, आबुधाबीको संरक्षकत्वमा तथा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी, यूएई, नेपाली समाज यूएई, नेपाल विजनेश काउन्सिल, यूएई, सम्पूर्ण बैचारिक संगठनहरु, नेपाल आदीवासी जनजाती महासंघ शाखा यूएई, नेपाल पत्रकार महासंघ शाखा युएई शाखा तथा तथा यूएईमा क्रियासिल सम्पूर्ण संघ संस्थाहरुको संयूक्त आयोजनामा हुन गइरहेको छ ।
यस फेस्टिवलले नेपाल र यूएईबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै नेपाली समुदाय बिच आपसी एकता, सहयोग, र परम्परागत पहिचानको उत्सवको रुपमा मनाउने अवसर प्रदान गर्नेछ । नेपाल फेस्टिवलमा बृहत संख्यामा विश्वभरी छरिएर रहेका नेपालीभाषी तथा नेपाली कला संस्कृतिलाई माया गर्ने व्यक्ति विशेषहरुको सहभागिता रहने अपेक्षा राखेका छौं ।
फेस्टिवलका विशेष आकर्षणहरू
१. नेपालीहरुको जातीय, वर्गीय, सम्प्रादय तथा क्षेत्रीय (तराई, पहाड, हिमाल) को मौलिक संस्कृतिको प्रदर्शन तथा प्रर्वद्धन ।
२. विभिन्न विधामा दिग्गज व्यक्तित्वहरु संग प्रत्यक्ष साक्षत्कार ।
३. नेपाल तथा यूएईमा प्रख्यात कलाकारहरुको साँस्कृतिक तथा सांगितिक प्रस्तुतीहरु ।
४. नेपालको राष्ट्रिय खेल भलिबल लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरु ।
५. नेपालमा पर्यटन प्रर्वद्धन गर्ने सामाग्रीहरुको प्रद्धर्शनी तथा खरिद विक्रि ।
६. विभिन्न प्रकारका ५० भन्दा बढि व्यापारिक प्रदर्शनी स्टलहरूः
क. परम्परागत हस्तकलाद्धारा उत्पादित बस्तुहरु, नेपाली अर्गानिक उत्पादन तथा स्थानीय व्यवसाय प्रर्वद्धन गर्ने स्टलहरू रहनेछन् ।
ख. स्वादिष्ट खानाका परिकारहरू मःम, सेल रोटी, गुन्द्रुक, ढिडो आदी खानाहरूको स्वाद लिने अवसर र नेपाल तथा यूएईका व्यवसायी, व्यापारीहरुबीच परिचयात्मक गतिविधिहरु ।
७. बालबालिहरुका लागि बाल उद्यान तथा नेपाली संस्कृतिको बुझ्ने गरि आयोजना गरिएको विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु ।
नेपाल–यूएई सम्बन्धलाई सुदृढ गर्ने अवसर नेपाल फेस्टिवल २०२५ ले नेपाली पर्यटन, संस्कृति, तथा व्यापारलाई प्रर्वद्धन गर्ने उद्देश्य राखेको छ । यूएईमा रहेका नेपाली समुदाय मात्र नभई स्थानीय तथा अन्तर्राष्ट्रिय दर्शकहरूलाई पनि नेपाली कला र परम्पराको विशेष झलक प्रदान गर्नेछ । नेपाल र यूएईबीचको सम्बन्धलाई सुमधुर बनाउँदै संस्कृतिको आदान–प्रदानद्वारा अझ सुदृढ बनाउने सुनौलो अवसर प्राप्त हुनेछ ।
तपाईंको उपस्थितिले नेपाल फेस्टिवललाई अझ उल्लासमय बनाउनेछ ।
मुल आयोजक समिति
नेपाल फेस्टिवल युएई –२०२५
Advertisement
Where is it happening?
Creek Park Dubai, Dubai, United Arab EmiratesEvent Location & Nearby Stays: