Flight
Advertisement
एक महिना तिम्रो काखको न्यानोमा रमाएको मेरो मन,
आज फेरि तिमीलाई परदेशको बाटोमा बिदाइ गर्दा टुक्रियो…
पहिला पनि तिमी जाँदा आँखा रसाउँथे,
तर योपालिको बिदाइले त सास नै भारी बनाइदियो…
ठ्याक्कै जानुभन्दा 11/12 घण्टा अघि,
तिम्रो त्यो तातिएको निधार छुँदा मन डरले काँपेको थियो,
रातभरि पानी पट्टी लगाउँदै
“हे भगवान, उसको ज्वरो कम होस्…” भन्दै प्रार्थना गरिरहेँ…
तर बिहान उज्यालो नहुँदै,
त्यही बिरामी शरीर लिएर तिमीलाई बिदाइ गर्नुपर्दा
मेरो मन भित्रभित्रै चिरा चिरा भएर रोइरहेको थियो…
औषधी खुवाउँदै “मील्छ भने आज नजानु” भनेँ,
तर तिम्रो आँखाभित्र लुकेको बाध्यता मैले पनि बुझें…
“कमाउनु पर्छ,घर धान्नुपर्छ…” भन्ने तिम्रो ति शब्दले,
मेरो मनलाई हजार चोट दिएर गयो…
मान्छेहरूलाई लाग्ला,
श्रीमतीले श्रीमानलाई बिदाइ गर्नु सामान्य कुरा हो भनेर,
तर कसैले बुझ्दैन —
आफ्नो मान्छेलाई पीडामा टाढा पठाउँदा
मुटु कति छियाछिया हुँदो रहेछ भनेर…
अब त यही प्रार्थना छ मेरो —
तिमी जहाँ भए पनि भगवानले सधैँ रक्षा गरून्,
त्यो ज्वरो, त्यो पीडा छिट्टै हराओस्,
तिम्रो अनुहार फेरि पहिलेझैँ हाँसोले भरियोस्…
र अर्को भेटमा,
म तिमीलाई आँसुमा होइन,
स्वस्थ अनि खुसी अँगालोमा स्वागत गर्न पाऊँ…।

Where is it happening?
Balaju, Nepal, Kathmandu, Nepal
Event Location & Nearby Stays:
Know what’s Happening Next — before everyone else does.
Host or PublisherNabina Gomja