Call for Papers: Workshop of Women Researchers - 2025
Schedule
Sun Mar 30 2025 at 09:00 am to 05:00 pm
UTC+05:45Location
Post Box 13470, 27 Jeet Jung Marg Thapathali, Kathmandu, Nepal 44600 | Kathmandu, BA
Advertisement
महिला अनुसन्धाता कार्यशाला – २०८१ का लागि अनुसन्धान-पत्र आह्वानमार्टिन चौतारीले आइतबार, चैत १७, २०८१ (मार्च ३०, २०२५) मा एक दिने महिला अनुसन्धाता कार्यशाला आयोजना गर्दैछ । मानविकी तथा समाज विज्ञानका विभिन्न विषयमा अनुसन्धान गरिरहेका वा अनुसन्धान कार्यलाई अन्तिम चरणमा पुर्याएका महिला अनुसन्धानकर्ताबाट यस कार्यशालाका लागि अनुसन्धान-पत्र आह्वान गरिन्छ । छनोट भएका ६ देखि ८ वटा अनुसन्धान-पत्र कार्यशालामा समावेश गरिनेछ । कार्यशालाका निम्न दुई उद्देश्य छन् : १) नेपालमा मानविकी तथा समाज विज्ञानको क्षेत्रमा कार्यरत महिला अनुसन्धानकर्तालाई प्रवर्द्धन गर्ने र २) सार्वजनिक क्षेत्रमा महिला आवाजलाई प्रवर्द्धन गर्ने ।
निम्न मापदण्ड पूरा गरेको अनुसन्धान-पत्र मात्र कार्यशालामा समावेश गरिनेछ ।
- अनुसन्धान-पत्र कम्तिमा ५,००० शब्दको हुनुपर्ने । अपूरो हुन नहुने ।
- अनुसन्धान-पत्रमा उद्धृत सबै स्रोतहरू सन्दर्भ-सामग्री (References) मा समावेश गरिएको हुनुपर्ने । सन्दर्भ-सामग्रीको शैली (Citation Style) जुनै रोज्न सकिने, तर रोजेको शैलीमा एकरूपता हुनुपर्ने ।
- अनुसन्धान-पत्र नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने ।
- अनुसन्धान-पत्र फागुन १५, २०८१ (फेब्रुअरी २७, २०२५) बेलुका ५ बजेसम्म निम्न इमेल [email protected] वा [email protected] मा आइसक्नुपर्ने ।
- अनुसन्धान-पत्र प्रस्तोताको बढीमा एक पृष्ठको बायोडाटा संलग्न गर्नुपर्ने ।
प्राप्त अनुसन्धान-पत्र अध्ययन गरी उपयुक्त पत्र छनोट गरिनेछ । चयन भएका अनुसन्धान-पत्रको सूची फागुन २३, २०८१ (मार्च ७, २०२५) मा प्रकाशन गरिनेछ ।
थप जानकारीको लागि :
कार्यशाला आयोजक समिति
मार्टिन चौतारी
२७ जीतजंग मार्ग, थापाथली, काठमाडौँ
टेलिफोन: ०१-५३३८०५०; ०१-४१०२०२७
www.martinchautari.org.np
Advertisement
Where is it happening?
Post Box 13470, 27 Jeet Jung Marg Thapathali, Kathmandu, Nepal 44600, NepalEvent Location & Nearby Stays: