सिड्नी आध्यात्मिक महोत्सब २०२५
Schedule
Thu, 28 Aug, 2025 at 10:00 pm to Sun, 31 Aug, 2025 at 10:00 am
UTC+10:00Location
Burwood Park | Burwood, NS
Advertisement
सिड्नीमा नेपाली समुदायको संख्यामा बढोत्तरी संगै हाम्रो दोश्रो पुस्ताको संख्या पनि उल्लेखनीय रहेको छ र आउँदा दिनहरुमा यो संख्या झन् तिब्र गतिमा बढ्ने क्रम निश्चित छ । हाम्रो बृहतर नेपाली समुदायलाई एकताको शूत्रमा बाध्न, हाम्रो सनातन धर्म, विविध संस्कृति र बहुसांस्कृतिक परम्पराहरुलाई संरक्षण, सम्बर्धन र पुस्तान्तरण गर्नका निमित्त हामीलाई एउटा साझा चौतारीको आवश्यकता टड्कारो रहेको सबैमा सर्वविदितै छ। सो आवश्यकताको अपरिहर्यता महशूस गरि सम्पूर्ण नेपाली संस्था र समुदायहरुको अपनत्व रहने गरि यो, Greater Sydney Nepalese Multicultural Center (GSNMC), गैरनाफामूलक संस्था स्थापना भएको हो । GSNMC, सम्पुर्ण नेपालीहरुको एउटा संस्थागत साझा चौतारी हो। यस संस्थाको पहिलो प्रमूख उद्द्श्य भनेको सिड्नीको सेरोफेरोमा बस्ने सम्पूर्ण नेपालीहरुको सहभागीतामा जति सक्दो छिटो प्रस्तावित बहुसांस्कृतिक केन्द्र निर्माणका लागि काम गर्नु हो । आज अष्ट्रेलियामा बसोबास हुदै गरेको पहिलो नेपाली पुस्ताले आउने भावी पुस्तालाई सुम्पिने सामुदायिक धरोहरको रुपमा पनि यो प्रस्तावित नेपाली बहुसांस्कृतिक केन्द्र महत्वपूर्ण कसीको रुपमा रहने विश्वास गरिएको छ। बहुआयामिक, बहुउद्देश्यीय र दिर्घकालिन महत्वको बहुसांस्कृतिक केन्द्र निर्माणको यो महाअभियानमा सबै अस्ट्रेलिया र विशेषत ग्रेटर सिड्नीबासी नेपालीहरुको सक्रिय सहभागिता र अपनत्व जरुरी छ भन्नेमा हामी सचेत छौँ।
लामो समय देखि हामी सबैले महशूस गरेको नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आवश्यक नीति तथा कार्यक्रमहरु तय गर्दै जग्गा खरिद तथा प्रारम्भिक भौतिक पूर्वाधार निर्माणका लागि अर्थ संकलन गर्नु यतिबेला हामी सबैको प्रमूख प्राथमिकता बनेको छ। प्रभावकारी अर्थ संकलममा वृहत नपाली समुदायको सहभागिता रअपनत्व विशेष महत्वपूर्ण हुन्छ।
परियोजनाका सम्बन्धमा व्यापक सचेतना र जनसहभागिताका लागि सिड्नी सेरोफेरोमा स्थापित सम्पूर्ण समुदायिक संघ-संस्था, व्यवसायीहरु तथा सम्पूर्ण आम जनसमुदायहरुको सहयोग र सक्रिय सहभागितामा GSNMC ले आउदो अगस्त २९ देखि ३१ सम्म "सिड्नी आध्यात्मिक महोत्सव २०२५" कोआयोजना गर्न लागेको जानकारी गराउन चाहन्छौ । वाचन प्रविण पण्डित दीनबन्धु पोख्रेलको प्रमूख आतिथ्यमा सम्पन्न हुन गैरहेको यो आध्यात्मिक महोत्वव सफल बनाउनका लागि आ-आफ्नो क्षेत्रबाट यो अभियानलाई सफलतापुर्वक सम्पन्न गर्न आर्थिक सहयोग गरिदिनु हुन सम्पूर्ण व्यवसायी तथा सामुदायिक संघ-संस्थाका प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गर्दछौ ।
आध्यात्मिक महोत्सव स्पोन्सरको लागि:
https://shorturl.at/nBHkQ
आध्यात्मिक महोत्सव Media Partner EOI का लागिः
https://shorturl.at/wy6yh
1008 कलश यात्रा - Walk For the Purpose,
Registration का लागिः
https://shorturl.at/Bc39L
आजीवन सदस्यताका लागि :
https://gsnmc.org.au/membership/
अन्य सुझावका लागिः
https://shorturl.at/BTVJm
Advertisement
Where is it happening?
Burwood Park, 2A Comer St, Burwood NSW 2134, Australia, BurwoodEvent Location & Nearby Stays: