एनआरएनए नर्वे बार्षिक साधारण सभा २०२२

Schedule

Sun Aug 14 2022 at 11:00 am

Location

Deichman Majorstuen | Oslo, OS

Advertisement
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद - नर्वेका आदरणीय साधारण सदस्यज्युहरु, पुर्व तथा वर्तमान पदाधिकारीज्युहरु, र यस संस्थाप्रति चासो राख्नु हुने नर्वेवासी सम्पूर्ण नेपालीहरुमा सादर नमस्कार!
वर्तमान कार्यसमितिको निर्णय अनुसार आगामी अगस्ट १४ तारिकका लागि तोकिएको परिषदको बार्षिक साधारण सभामा यहाँको गरिमामय उपस्थितिको लागि अध्यक्ष तथा सम्पूर्ण कार्यसमितिको तर्फबाट हार्दिक निमन्त्रणा गर्दछु।
मिति: १४ अगस्ट २०२२
समय: ११ देखि १६ बजे सम्म।
स्थान: Deichman Majorstuen
Harald Hårfagres gate 2,
0363 Oslo
बार्षिक साधारण सभामा भौतिक रुपमा ओस्लोमा र अनलाइनबाट सहभागिता जनाउन सक्नु हुनेछ।
कार्यसमितिका पछिल्ला बैठकहरूको छलफल र निर्णय बमोजिम साधारण सभाको लागी निम्नलिखित एजेण्डाहरु एवं अनुमानित समय तालिका प्रस्तावित गरिएको छ।
उद्घाटन सत्र:
११:०० - ११:३० - नाम दर्ता।
११:३० - १२:३० - स्वागत तथा अतिथिहरुको शुभकामना मन्तव्य। विभिन्न समयमा संस्थालाई सहयोग गर्ने ब्यक्तित्वहरूको सम्मान एवं प्रमाणपत्र वितरण।
१२:३० - १३:०० कफि समय।
बन्द सत्र:
१३:०० - १४:०० - बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश। प्रतिवेदन माथि उठेका प्रश्न, जिज्ञासा एवं सुझाब माथी छलफल तथा अनुमोदन।
१४:०० - १५:३० - विधान समितिले तयार गरेको मस्यौदा विधानमाथि छलफल एवं अनुमोदन। विधान संशोधन समिति सम्मान एवं विघटन।
१५:३० - १६:०० - २०२३ मा हुने निर्वाचनका लागि निर्वाचन समितिको सिफारिस तथा अनुमोदन।
१६:०० - समापन।
सम्पूर्णमा विशेष अनुरोध
कार्यसमितिले तयार गरेको संस्थाको बार्षिक प्रतिवेदन र विधान समितिले तयार गरेको विधानको अन्तिम प्रारूप बार्षिक साधारण सभा अघि यहाँहरुलाई इमेल तथा फेसबुक मार्फत उपलब्ध गराइनेछ। बार्षिक प्रतिवेदन, विधान मस्यौदा लगायत संस्थाले एक वर्ष भरि गरेका गतिविधिहरुमा तपाईको केहि प्रश्न, जिज्ञासा, सल्लाह तथा सुझाव भए परिषदको इमेल अथवा फेसबुक म्यासेन्जर मार्फत पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। प्राप्त सम्पूर्ण प्रश्न तथा जिज्ञासाको उचित सम्बोधन साधारण सभामा हुनेछ। यहाहरुकै रचनात्मक सहयोगले कार्यक्रम व्यबस्थापन सहज र चुस्त हुनेमा हामी विश्वस्त छौ।
धन्यवाद!
यहाँहरुको रचनात्मक सुझाबको अपेक्षा सहित,
जीवन बहादुर शाही
अध्यक्ष,
गैर आवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद - नर्वे

विधान संशोधन सम्बन्धि महत्वपुर्ण सूचना:
गत राष्ट्रिय अधिवेशनमा पूर्णता पाउन नसकेको विधान मस्यौदालाई यस बार्षिक साधारण सभाले पूर्णता दिनै पर्ने जिम्मेवारी हामी माझ छ। विधान समितिले तयार गरेर गत अधिवेशनमा छलफलमा ल्याएको विधान मस्यौदा हामी पुन: साधारण सदस्यहरुलाई पठाउदै छौं। उक्त विधान मस्यौदामा तपाईका केहि सल्लाह सुझाव भए २० जुलाई भित्र यो https://forms.gle/q4GqW97VtsGZUgkJ7 लिंक मार्फत पठाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं। संकलित सुझावहरु अध्ययन गरि विधान समितिले तयार पारेको विधानको अन्तिम प्रारूप बार्षिक साधारण सभा अगावै साधारण सदस्यहरुलाई पठाइनेछ। बार्षिक साधारण सभामा विधान मस्यौदा माथि छलफल गर्नु पर्ने भएमा संकलित सुझावहरुमा मात्र छलफल गरिनेछ।
Advertisement

Where is it happening?

Deichman Majorstuen, Harald Hårfagres gate 2, Oslo, Norway

Event Location & Nearby Stays:

NRNA Norway

Host or Publisher NRNA Norway

It's more fun with friends. Share with friends