NFF Summer Version 2025
Schedule
Sat Sep 13 2025 at 12:00 pm to 04:00 pm
UTC+02:00Location
Folevadsvej 3, 2400 København NV, Danmark | Herlev, SK
Advertisement
नेपाली समुदायमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध अझ प्रगाढ र सुदृढ पार्दै पहिलो पुस्ता (अभिभावक) र दोस्रो पुस्ता (सन्तानहरु) बिचको सामाजिक तथा सांस्कृतिक दुरी कम गराऊने प्रमुख उदेश्यका साथ वर्खे विदा र हिउदे बिदाको समय पारेर बर्षको २ पटक आयोजना हुँदै आएको "नेपालिज् फेमिली फेस्टिभल” को २०२५ को बर्खे संस्करण अगस्ट ३ मा प्रतिकुल मौशमका कारण स्थगन भएको थियो । सो कार्यक्रम आउदो सेम्टेम्वर १३ तारिक शनिवार अपरान्ह १२ बजे देखि साँझ ४ बजे सम्म नेपाली समुयदायमा परिचित स्थान बेलाहोए खेल मैदान मा हुने भएको छ । स्थगन भएको कार्यक्रमको लागि दर्ता हुनु भएका सवै बाल बालिकाहरु कार्यक्रममा सहभागि बन्न सक्नु हुनेछ । फर्म भर्न छुटाउनु हुनेहरुका लागि मध्यनजर राख्दै छुटफुट फर्मको लागि अगस्ट ३१ आईतबार ११:५९ सम्मको लागि समय लम्ब्याईएको छ ।फेमिली फेस्टिभलमा सहभागि उहाँहरुले नीम्न शर्त अनुसार दर्ता हुनु भएको हो ।
********************************
✅ ६ देखि १२ बर्ष सम्मको उमेर समूहका बाबुनानीहरु हुनु हुन्छ भने सहभागि बन्न सक्नु हुनेछ ।
✅ फेस्टिभलमा सहभागि बन्न दर्ता गर्नु पर्दछ । दर्ता शुल्क एक जना मात्र बच्चा भए ७० क्रोनर अनी एकाघरको २ भन्दा बढी बच्चा भए प्रत्यक बच्चाको थप ५० क्रोनर लाग्नेछ । रजिस्ट्रेशन फर्म यहाँ https://forms.gle/eeqetbGs1dTRaA2i8
क्लिक गरेर गर्न सक्नु हुनेछ ।
✅ तपाइका बाबूनानीहरु १२ बर्ष भन्दा माथिका छन, तर कार्यक्रममा सहभागि हुन चाहन्छन भने हामी स्वयंसेवकको रुपमा सहभागि हुन सक्नेछन । त्यसको लागि कार्यक्रम संयोजकलाई सम्पर्क गर्न सक्नु हुनेछ ।
✅ कार्यक्रममा सहभागी भएका सवै वालबालिकाहरुले मेडल, स्नाक्स प्याक प्राप्त गर्नेछन । अन्य सहभागिहरुको लागि शशुल्क नेपाली मौलिक खाना तथा पेय पदार्थ किनेर खान मिल्ने गरि ब्यवस्थापन गरिने छ ।
✅ विगतका फेस्टिभलमा भएका गतिबिधीहरु होस्ट (Nepalese Family Festival) को पेजमा हेर्न सक्नु हुनेछ । यसका गतिबिधीहरु तपाईलाई मन पर्यो भने पेजलाई लाईक गर्न तथा रिभ्यु लेख्न पनि अनुरोध गर्दछौं ।
कार्यक्रमको वारेमा थप ब्यवहारिक जानकारीहरु हामी क्रमैसँग जानकारी गराउदै जानेछौ ।
यो संस्करणको लागि संयोजकको भूमिककामा प्रमिला अधिकारी रहनु भएको छ ।
सामाजिक तथा सांस्कृतिक महत्व बोकेको यो कार्यक्रमको अभिन्न अंग बन्न चाहानु हुन्छ भने स्वयंसेवकहरुलाई हामी सधै नै स्वागत गर्ने गर्दछौ । थप जानकारीको लागि कार्यक्रम संयोजक सँग सम्पर्क गर्न सक्नु हुनेछ ।
थप जानकारीको लागि
***********
प्रमिला अधिकारी
(28300355)
कार्यक्रम संयोजक
नेपाली फेमिलि फेस्टिभल २०२५, बर्खे संस्करण
Advertisement
Where is it happening?
Folevadsvej 3, 2400 København NV, Danmark, Folevadsvej 3, 2400 København NV, Danmark, Herlev, DenmarkEvent Location & Nearby Stays: